April 6th, 2016

पनामा ‘लिक’मा राष्ट्र बैंकको चासो : बैंक खाता अध्ययन गर्न निर्देशन 

panamapapersनेपाल राष्ट्र बैंकले विश्वका चर्चित र शक्तिशाली व्यक्तिहरुको कर छलीसम्बन्धी पनामाको मोसाक फोन्सेकामा नेपालको व्यवसाय पनि रहेको भन्ने बाहिर आएपछि त्यसबारे चासो देखाएको छ । बैंकले पनामाको ‘मोसाक फोन्सेका’ बाट खुलासा भएका नामहरुको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । स्रोतकाअनुसार खुलासा भएका व्यक्तिहरुले नेपालमा पनि कुनै व्यवसाय संचालनमा ल्याएको हुन सक्नेतर्फ सचेत हुँदै राष्ट्र बैंकले त्यस्ता खाताहरुबारे अध्ययन गर्न निर्देशन दिएको हो ।

केही दिनअघि खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे)ले व्यवसायीलाई कानुनी परामर्श दिने पानामाको ‘मोसाक फोन्सेका’ को अति गोप्य दस्ताबेजबारे खुलासा गरेको थियो । सो खुलासामा विश्वका शक्तिशाली नेता, व्यवसायी, कलाकारदेखि खेलाडीसम्मले कसरी कर छलेका छन् भन्ने कुरा देखाईएको छ । खुलासा गरिएको सो सूचिमा नेपालबाट पनि सात जना भएको बतार्ईएको छ । तर ती को को हुन् भन्ने कुरा भने खुलाईएको छैन । ती व्यक्तिहरुले नेपालमा पनि कर छलेर व्यवसाय सञ्चालन गरिरहेको हुनेतर्फ सचेत हुँदै राष्ट्र बैंकले सावधानी अपनाएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

विश्वकै अर्थतन्त्रमा ठूलो प्रभाव पार्न सक्ने पानामा काण्डले संसारभरिको राजनीति र राजतीज्ञमा तरंग पैदा गरिदिएको छ । यो खुलासाअनुसार नेपालमा त्यस्ता व्यक्तिहरु सक्रिय छन् जो कर छली गर्न पनामासंग जोडिएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]