May 19th, 2017

पाँच महिनामा सात अर्ब कमाए मुकेश अम्बानीले (अम्बानीको जीवनी सहित)

अजय पंगेनी-

भारतका सबैभन्दा धनी मुकेश अम्बानीले पाँच महिनामा नै सात अर्ब कमाएका छन् । सन् २०१७ को सुरुवातदेखि अप्रिल महिनासम्म आइपुग्दा अम्बानीले सात अर्ब कमाएका हुन् । भारतका अर्बपतिको सूचिमा पहिलो नम्बरमा रहेका अम्बानीले अप्रत्यासित तरिकाले सात अर्ब कमाएका हुन् । 

अम्बानी भारतीय कम्पनी रिलायन्स इण्डस्ट्रिजका सबैभन्दा ठूला सेयरधनी तथा कम्पनीका प्रबन्ध निर्देशक समेत हुन् । सबैभन्दा बढी सेयर रहेको उनको कम्पनी रिलायन्सको सेयर भाउमा वृद्धि भएका कारण अम्बानीले छाटो अवधिमा यति धेरै कमाएका हुन् । अम्बानीलाई अमेरिकी व्यावसायिक पत्रिका फोबर््सले ‘ग्लोबल गेम चेञ्जर्स’ को दोस्रो वार्षिक सूचीमा समेत समावेश गरेको छ । यस सूचीमा आफ्नो उद्योगमा परिवर्तन ल्याउँदै विश्वमा रहेका अर्बौं मानिसको जीवनशैली पनि परिवर्तन गर्न सहयोग गर्दै आएका २५ जना व्यावसायिक नेतालाई समोवश गरिएको छ । अम्बानीको सम्पत्ति बढेर अहिले ३० अर्ब करोड डलरमा पुगेको छ । 

को हुन्, मुकेश अम्बानी ?
विश्वका सबैभन्दा बढी अर्बपति भएको मुलुकमध्ये छिमेकी मुलुक भारत चौथो स्थानमा छ । त्यहाँका ८४ जना अर्बपतिको कुल सम्पत्ति २ खर्ब ४८ दशमलव ४ अर्ब रहेको छ । अधिकांश भारतीय अर्बपतिहरू सेल्फ मेड हुन् । आफ्नै उद्योग, कलकारखाना र उद्यमबाट तिनीहरू अर्बपति बनेका छन् । अधिकांशको सम्पत्तिको मुख्य स्रोत फेसन, हेल्थ केयर, प्रविधिलगायत उद्योग र व्यवसाय नै हो । मुकेश अम्बानी भारतमै सबैभन्दा बढी सम्पत्ति भएका उद्यमी हुन् ।

१९ अप्रिल १९५७ मा जन्मिएका अम्बानीको पूरा नाम मुकेश धिरुभाइ अम्बानी हो । उनी मुम्बईको इन्स्टीच्युट अफ केमिकल टेक्नोलाजीबाट ब्याचलर गरेका अम्बानी हाल श्रीमती निता अम्बानीसँग वैवाहिक जिवन बाँचिरहेका छन् । इशा, आकास र अनन्त गरी उनका तीन सन्तान रहेका छन् । फिल्महरु हेर्नु र संगीत सुन्नु अम्बानीको जिवनका शोखहरु हुन् । उनी हिन्दी फिल्महरु हेर्न रुचाउँछन् भने संगीत सुन्दै श्रीमतीको क्लासिकल नृत्य हेर्दा उनलाई स्वर्गानुभूति हुन्छ ।

सन् २०१५ को अगस्ट महिनामा फोब्र्सद्धारा सार्वजनिक तथ्यांकका अनुसार मुकेश अम्बानीको कुल सम्पति १८.५ विलियन अमेरिकी डलर रहेको छ । भारतकै सबैभन्दा ठूलो कम्पनि रिलायन्सका अध्यक्ष रहेका अम्बानीको आयस्रोत रिलायन्स मात्र भने हैन । अन्य तेल र ग्यासजस्ता खनिज पद्धार्थका साथै विभिन्न केमिकलहरुबाट पनि उनी अरबौँ कमाउने गर्दछन् । केही समययता विश्वव्यापी रुपमा नै सेयरमा उतारचढाव आएका कारणले उनको सम्पतिमा केही नोक्सान हुँदा पनि उनको रेकर्डमा भने कुनै प्रभाव परेको छैन । मुकेश अम्बानीले १९८१ मा २४ वर्षको उमेरदेखि नै विजनेसमा हात हालेका थिए । सुरुमा उनले आफ्नै पिताको टेक्टाइल कम्पनिमा काम गरेका थिए ।

मुकेश अम्बानी बस्ने घर एन्टिल्ला नामले चर्चित छ । मुम्बईमा रहेको सो घरको मूल्य २ विलियन अमेरिकी डलर रहेको छ । यो संसारकै पहिलो विलियन डलर पर्ने बंगला हो । यो घरको मेन्टेनेन्सका लागि ६ सय जना कामदारहरु पूरा दिन काम गर्ने गर्दछन् । यो बंगला ५ सय ७० फिट अग्लो रहेको छ । 

मुकेश अम्बानीका आफ्नै तीन वटा जेटहरु रहेका छन् । ९०० इएक्स, बोइङ विजनेस जेट २ र एयरबस ३१९ कर्पोरेट जेट उनीसँग हाल रहेका जेटहरु हुन् । जसमध्ये, बोइङ विजनेस जेट २ को उनी आफ्नै व्यक्तिगत काममा प्रयोग गर्दछन् भने एयरबस ३१९ उनले श्रीमती नितालाई उपहारस्वरुप दिएका छन् 

मुकेश अम्बानीका दुई वटा कारहरु छन् । मेब्याच ६२ र सेतो रङको मर्सि्डिज एस क्लास उनका दुई कारहरु हुन् । उनलाई महँगा बेलायती कारहरु चढ्ने रहर छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]