नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । चैत्र ९ गते निष्काशन हुने सात वर्षे अवधिको ऋणपत्रका लागि चैत्र ८ गते अपरान्ह ३ बजे अनलाइन बिडिङ सिस्टमका माध्यमबाट बोलकबोल गरिने जानकारी दिइएको छ । बोलकबोलकै माध्यमबाट व्याजदर निर्धारण गरिने ऋणपत्रको सावाँ ०८० चैत्र ९ गते फिर्ता हुनेछ भने हरेक ६ महिनामा व्याज भुक्तानी गरिनेछ ।
थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://nrb.org.np/pdm/pdmo_db/4_Issuance_Notices–DB2080%20A(7%20years)-New.pdf