May 4th, 2017

पाँच अर्बको नागरिक बचतपत्रका लागि बोलपत्र आह्वान

नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०७९’ विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ब्याजदर आठ दशमलव पाँच प्रतिशत (ब्याजकर लाग्ने) गरी नागरिक वचतपत्र विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको हो । वैशाख २४ गतेदेखि जेठ १४ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने यो बचतपत्रको निष्काशन जेठ १९ गते गरिनेछ भने ०७९ जेठ १९ गते सावाँ फिर्ता गरिनेछ । 

प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ । उक्त वचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । 

आपूmलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ । सो वचतपत्र धितो राखी राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]