January 10th, 2018

पञ्चकन्या माई हाइड्रोको आईपिओ माघ ५ गतेदेखि

बैंकिङ खबर । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

एक सय रुपैयाँ अंकित मूल्यमा कम्पनीको आइपीओमा न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । उक्त आइपीओमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । सनराईज बैंकको इलाम शाखा, सन्दक गाउँपालिकाको कार्यालय, देउराली, पञ्चकन्यामाई हाइड्रोपावरको साइट कार्यालय माबु र प्रभु बैंक इलाम शाखाबाट सेयरमा आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओमध्ये सन्दकपुर गाउँपालिकाका स्थानिय बासिन्दालाई छ करोड छ लाख रुपैयाँ बराबरको छ लाख छ हजार कित्ता र इलाम नगरपालिकाका बासिन्दालाई चार करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ छुट्याइएको छ ।

स्थानियबासिन्दाको आइपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले इलाममा ६ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]