May 11th, 2017

नौ महिनामा सेञ्चुरी बैंकको खुद मुनाफा ३१ करोड नाघ्यो

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३१ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशलमव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सेञ्चुरीले २३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ९३ करोड २८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २७ दशमलव ४५ प्रतिशतले वृद्धि गरी ३३ अर्ब १४ करोड ४० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३१ दशमलव ७२ प्रतिशतले वृद्धि गरी ३० अर्ब छ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २४ दशमलव ७५ प्रतिशतले बढेर ७७ करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३६ दशमलव ९१ प्रतिशतले बढेर ४७ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा तीन करोड ९१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको बैंकले ११ करोड १४ लाख रुपैयाँ प्रोभिजन राखेको छ । बैंकको प्रतिसेयर आम्दानी ११ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३४ दशमलव ०८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव २९ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३७ प्रतिशतले घटेर शुन्य दशमलव ५३ प्रतिशत कायम भएको छ भने पुँजीकोष अनुपात एक दशमलव ६९ प्रतिशतले बढेर १४ दशमलव ४९ प्रतिशत पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]