May 11th, 2017

नेरुडे लघुवित्तले कमायो सात करोड ८५ लाख रुपैयाँ मुनाफा

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सात करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ दशमलव ०९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा नेरुडेले पाँच करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

२१ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले निक्षेपमा ३७ दशमलव ६५ प्रतिशतले वृद्धि गरी एक अर्ब तीन करोड १२ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा दुई अर्ब ९८ करोड ९५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३४ दशमलव नौ प्रतिशत बढेर २३ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४ दशमलव ७० प्रतिशतले बढेर १२ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४८ दशमलव ५० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३० दशमलव ७२ गुणा, प्रतिसेयर नेटवर्थ दुई सय दुई दशमलव ७३ रुपैयाँ र तरलता अनुपात ११ दशमलव ७१ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ८३ प्रतिशत र पुँजीकोष अनुपात १४ दशमलव ४१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]