June 12th, 2017

नेरुडे लघुवित्तको एक लाख कित्ता सेयर लिलामीमा आउँदै

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको एक लाख आठ हजार सात सय ७२ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ । बैंकले हकप्रद सेयर निष्काशनको क्रममा नबिकेको संस्थापक समूहतर्फको ९३ हजार नौ सय ७७ कित्ता र सर्वसाधारण समूहतर्फको १४ हजार सात सय ५९ कित्ता सेयर असार १३ गतेदेखि लिलाम विक्री गर्न लागेको हो । उक्त सेयरमा असार २० गतेसम्म बोलपत्र पेश गर्न सकिने बताइएको छ । 

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।

नेरुडे लघुवित्तले २०७३ चैत १४ गतेदेखि २०७४ वैशाख ७ गतेसम्म हकप्रद विक्री खुला गरेको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]