February 15th, 2018

नेप्सेमा हरियाली, ६६ करोडको कारोबार, १० कम्पनीका सेयरधनीले गुमाए

बैंकिङ खबर । विहीबार सेयर बजार ३६.०१ अंकले बढेर १४२४.९५ अंकमा पुगेको छ । सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ३१.३९, ५.९९, २२.९६, ५५.५, ४९.०४, १७.५५, २१३.९५, ५०.७५, ७.३६ र ६२.९१ अंकले बढेका छन् । 

दिनभरिमा १६५ वटा कम्पनीको १५ लाख छ हजार छ सय ३४ कित्ता सेयर छ हजार आठ सय ६३ पटक खरिदविक्री हुँदा ६६ करोड ३९ लाख ५६ हजार दुई सय ४९ रुपैयाँको कारोबार भएको छ । कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको तीन करोड तथा नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक र नविल बैंकको दुई करोडमाथिको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतको डेढ करोडमाथिको कारोबार भएको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स र अरुण फाइनान्सका सेयरधनीले नौ प्रतिशत तथा मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स र नेपाल इन्स्योरेन्सका सेयरधनीले आठ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । ग्लोबल आईएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक र समिट माइक्रोफाइनान्सका सेयरधनीले सात प्रतिशतका दरले कमाएका छन् भने नेको इन्स्योरेन्स, हाम्रो विकास बैंक लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

जम्मा १० वटा कम्पनीका सेयरधनीले मात्रै गुमाएका छन् । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र सृजना फाइनान्सका सेयरधनीले तीन प्रतिशत तथा सिन्धु विकास बैंक र जेविल्स फाइनान्सका सेयरधनीले दुई प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मिथिला लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, सिनर्जी पावर, जानकी फाइनान्स, एनआईबिएल प्रगति फण्ड र लक्ष्मी इक्विटी फण्डका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]