June 9th, 2016

नेपाल लाइफ इन्स्योरेन्सको ३१ लाख कित्ता एफपिओ आउँदै

nepal lifeनेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४२९ कित्ता एफपिओ जारी गर्ने भएको छ । कम्पनिले १०० रुपैयाँ अंकित दरको सेयरमा २८५१ रुपैयाँ प्रिमियम जोडेर एफपिओको मूल्य प्रति कित्ता २९ सय ५१ रुपैयाँ तोकेको छ । कम्पनीले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत अतिरिक्त सेयर निस्काशन गर्न लागेको हो । 

अहिले कम्पनीको पुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । एफपिओ निष्काशन गरेपछि कम्पनीको पुँजीमा ३० करोड ९६ लाख रुपैयाँ थपिने छ । बाँकी ८ अर्ब ८२ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जाने छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]