March 1st, 2017

नेपाल लाइफको साधारणसभा चैत्र १४ गते, बुक क्लोज कहिले ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । चैत्र १४ गते वार्षिक साधारणसभा गर्न लागेको कम्पनीले फागुन २७ गतेदेखि चैत्र १४ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले एफपीओले समेत पाउने गरी २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लग्दैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]