April 27th, 2017

नेपाल राष्ट्र बैंकले मनायो  ६२ वर्ष, गभर्नरद्वारा आर्थिक सुधारको बर्ष घोषणा

रोयल आचार्य-
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले चालू आर्थिक वर्ष २०७४ कानूनी, नियामकीय तथा नीतिगत सुधारको वर्षको रुपमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६२ औँ बाषिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले सो कुरा वताएका हुन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा.नेपालले भने –‘कानूनी सुधार तर्फ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन तथा बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को प्रथम संशोधन भएको छ भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लागू भएको छ । यसकारण यो बर्ष आर्थिक सुधारको बर्ष भएको छ ।’
विनिमय अधिकारपत्र ऐन, २०३४ मा समसामयिक सुधारका लागि सरोकारवाला पक्षहरुसँग छलफल र भुक्तानी तथा फछ्र्यौटसम्बन्धी ऐनको मस्यौदा तयार गर्ने कार्य भइरहेको जानकारी गराउदै गभर्नर डा. नेपालले नियामकीय सुधार तर्फ बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ जारी गरिएको र भुक्तानी सम्बन्धी कार्य गर्ने संस्था÷संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३ कार्यान्वयनमा ल्याइएको बताए । 
राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम निवेदन दिएका संस्थाहरुलाई नियमानुसार आसयपत्र तथा अनुमतिपत्र प्रदान गर्ने प्रक्रिया पनि शुरु गरिसकेको छ । नीतिगत सुधार तर्फ आर्थिक वर्ष २०७४ देखि लागू गरिएको ब्याजदर करिडोर पद्धति मौद्रिक व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने दिशामा प्रस्थान विन्दुको रुपमा रहेको कारण तरलताको प्रभावकारी व्यवस्थापन र ब्याजदर स्थायित्व हासिल गर्ने गभर्नर डा. नेपालको भनाई छ । समग्र वित्तीय क्षेत्रको दीर्घकालीन विकासका लागि राष्ट्र बैंकको समन्वयमा तयार गरिएको वित्तीय क्षेत्र विकास रणनीति नेपाल सरकारबाट स्वीकृत भइसकेको छ । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपाल राष्ट्र बैंक अब नयाँ ढंगबाट अघि बढ्ने बताए । बार्षिकोत्सवमा शुभकामना मन्तव्य राख्दै बैंकर्स एशोसिशनका अध्यक्ष अनिल केशरी शाहले नेपाल राष्ट्र बैंकले बैंकहरुको पूँजी वृद्धिका लागि राम्रो निति ल्याएको बताए । कार्यक्रममा वोल्दै अध्यक्ष शाहले भने –‘राष्ट्र बैंकले बैंकहरुका लागि धेरै राम्रो नीतिहरु ल्याएको छ, आगामी दिनमा पनि बैंककालागि आवश्यक सहयोग गर्नेमा म ढुक्क छु ।’
६२ औँ बार्षिकोत्सवको अपलक्ष्यमा पूर्व गभर्नर भेष बहादुर थापा तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई बिशेष सम्मान गरिएको थियो भने २० बर्ष सेवा अवधि पु¥याएका राष्ट्र बैंकका कर्मचारीहरुलाई सुन जडित माला लगाएर सम्मान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]