June 19th, 2017

नेपाल बैंकले एक लाख ८९ हजार कित्ता सेयर लिलामीमा विक्री गर्ने

नेपाल बैंक लिमिटेडले सर्वसाधारण समूहको एक लाख ८९ हजार छ सय २५ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले असार १३ देखि १९ गतेसम्म उक्त सेयर लिलामीमा निकाल्न लागेको हो ।

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भरी आवेदन दिन सक्नेछन् । लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा सेयरका लागि बिक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा पुग्नेगरी बोलपत्र फारम भर्नुपर्ने कम्पनीले जनाएको छ । बोलपत्र फारम असार २० गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।

बैंकले गत वैशाख ७ देखि जेठ १० गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]