April 20th, 2017

नेपाल बैंकको हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?

नेपाल बैंक लिमिटेडको हकप्रद बिहिबारबाट खुलेको छ । बैंकको १० बराबर २ दशमलव ३७ को अनुपातमा हकप्रद खुलाएको हो । आजबाट खुलेको हकप्रद गत चैत्र २८ गते सम्मका शेयरधनिले आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद शेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट दिन सकिने छ ।


बैंकले प्रतिशेयर १०० रुपैयाँको दरले १ करोड ५४ लाख ३१ हजार ८ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने हकप्रद शेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ हुनेछ । हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत शेयर स्वामित्व नेपाल सरकारको रहेको छ भने बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको रहेको छ । आवेदन निष्काशन तथा बिक्रीबन्द जेठ १० गते हुने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]