February 19th, 2017

नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । १५ अर्ब रुपैयाँ चुक्तापुँजी भएको कम्पनीले सात अर्ब ६५ करोड १० लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी फागुन ३० गते नवौँ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि टेलिकमले फागुन १५ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।

कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसअनुसार करिब सात अर्ब रुपैयाँ लाभांश सरकारी ढुकुटीमा जाने छ । बाँकी ६५ करोड १० लाख रुपैयाँ अन्य लगानीकर्ताले पाउनेछन् । यसमध्ये पनि ४.४४ प्रतिशत अर्थात ३३ करोड ९६ लाख रुपैयाँ मात्रै सर्वसाधारणको भागमा पर्नेछ । बाँकी ४.०४ प्रतिशत कर्मचारी र ०.०३ प्रतिशत नागरिक लगानीकोषले पाउनेछन् ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]