November 3rd, 2016

नेपाल क्लियरिङ हाउसको बोर्ड अध्यक्षमा पुनः भण्डारी 

rajan-sirनेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा फेरि राजन सिंह भण्डारी नियुक्त भएका छन् । कम्पनीको बोर्ड बैठकले उनलाई सर्वसम्मत रुपमा बोर्डको अध्यक्ष पदमा पुर्ननियुक्त गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख समेत रहेका भण्डारीको बोर्डको अध्यक्षको रुपमा यो दोस्रो कार्यकाल हो । भण्डारी बाहेक वाणिज्य बैंक समूहको तर्फबाट कम्पनीको सञ्चालक समितिमा उपेन्द्र पौडेल (प्रतिनिधि – एन.एम.बी. बैंक लि.) र ज्योतिप्रकाश पाण्डे (प्रतिनिधि – नेपाल इन्भेष्टमेण्ट बैंक लि.) रहेका छन् । कम्पनीको गत असोज १२ गते सम्पन्न वार्षिक साधारण सभाले उनीहरुलाई सञ्चालकको पदमा निर्वाचित गरेको थियो । कम्पनीका अन्य संचालकहरुमा जनकबहादुर अधिकारी (कार्यकारी निर्देशक – नेपाल राष्ट्र बैंक), कृष्णराज लामिछाने (प्रतिनिधि – कैलाश विकास बैंक लि.), सरोजकाजी तुलाधर (प्रतिनिधि – गुडविल फाइनान्स लि.) र रविन्द्र बहादुर मल्ल (प्रतिनिधि – स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि.) रहेका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]