January 29th, 2018

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको नयाँ शाखा अमवामा 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडले सियारी गाउंपालिका–७ को अमवामा शाखा कार्यालय स्थापना गरी बैंकिङ कारोबार सुरु गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकको यो १२ औं शाखा हो । शाखाको सियारी गाउंपालीकाका अध्यक्ष अयोध्या थारुले एक समारोहका बिच उद्घाटन गरे । 

सो अवसरमा बोल्दै उनले सियारीमा कम्युनिटीको आगमनले सेवा प्रदान गर्ने संस्थाहरु बिच पतिष्पर्धा भई यहांका वासिन्दाहरुको लागि बैंकिङ्ग सेवा सरल सहज हुने धारणा राखे । बैंकका संचालक युवराज केसीले अवको लक्ष भनेकै सम्बृद्घि भएको र बैंकिङ तथा वित्तीय सेवाको सरल र सहज उपलब्धतावाट मात्रै यस्तो लक्ष हासिल गर्न सकिने धारणा राख्दै कम्युनिटी बैंक त्यस तर्फ सदैव अग्रसर रहने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनप्रसाद खनालले यसै आर्थिक वर्षभित्र रुपन्देहीका मानपकडी, लखनचोक, बेलवास, नवलपरासीको बेलाटारी र बुटवलको कालिकानगरमा गरी ५ वटा नयां शाखा स्थापना गर्न गइरहेको जानकारी गराए । शाखा प्रबन्धक सुरेन्द्र प्रसाद गुप्ताको स्वागत मन्तव्यमा सम्पन्न उक्त समारोहमा सियारी गाउंपालीका वडा नं. ७ का अध्यक्ष सरोज अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।   

बैंकको अधिकृत पुंजी ६० करोड, चुक्ता पुंजी हाल ४४ करोड ७६ लाख रहेको र गत आ. व. को मुनाफा एवं सेयर प्रिमियमवाट वितरण हुने वोनस सेयर तथा अक्सनको प्रक्रियामा रहेको बांकी हकप्रद शेयर विक्रिपछि नेपाल राष्ट्र बैंकले तोके अनुसार ५० करोड चुक्ता पुंजी पुग्ने र बैंकले हालसम्म करिव २ अर्ब निक्षेप संकलन तथा एक अर्ब ८० करोड कर्जा लगानी गरी अपरिष्कृत वित्तीय विवरण बमोजिम गत पौष मसान्तमा ३ करोड संचालन मुनाफा आर्जन गरेको नायब प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काले जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]