June 8th, 2017

नेपाल एग्रो माइक्रोफाइनान्सका अध्यक्षले लिए राष्ट्र बैंकका निर्देशक समक्ष सपथ 

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संंस्था लिमिटेडका अध्यक्ष रमेश कुमार कर्माचार्यको शपथ ग्रहण परिवर्तित ऐन बमोजिम नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमसमक्ष विहिवार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक पोखरामा सम्पन्न भएको शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशकहरु तिलवहादुर गुरुङ, बृहस्पति अधिकारी, बसन्तवहादुर थापातथा सहायक निर्देशक ऋतुनाथ लम्साल विभागिय प्रमुखहरु कुलचन्द्र पराजुली, नयन देवकोटा, प्रेम प्रसाद आचार्य, विवेक राजबंशी, पवित्रा कोइराला लगायतको सहभागिता रहेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए । 

अध्यक्ष रमेश कुमार कर्माचार्यबाट सञ्चालकहरु निलकण्ठ शर्मा लम्साल, विनिताकोइराला पिएचडि, विवेक श्रेष्ठ सि.ए. र सरिता अधिकारीको शपथ ग्रहण पनि यही जेष्ठ २७ गते नेपाल एग्रो माइक्रोफाइनान्सको केन्द्रीय कार्यालयमा एक समारोहको बीच सम्पन्न गर्ने योजना रहेको सीईओ लम्सालले बताए । 

नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था २०७३ असोजदेखि सञ्चालनमा आएको हो । माइक्रोफाइनान्सले सल्यान, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी, वाग्लुङपर्वत, कास्की, तनहँु तथा लम्जुङ गरी १० जिल्लाका २६ शाखाबाट करिव ८ हजार विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । हालसम्म नेपाल एग्रोले रु.१९ करोडभन्दा बढि विनाधितो कर्जा प्रवाह गरेको छ भने तीन करोडभन्दा बढी बचत संकलन गरेको छ । नेपाल एग्रो माइक्रोफाइनान्सले चुक्तापुँजी चार करोड रुपैयाँ पुर्याएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]