April 20th, 2017

नेपाल–अमेरिका व्यापार वार्ता काठमाडौंमा शुरु   

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज बिहिबार काठमाडौंमा शुरु भएको छ । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा पुयाउने विषयमा बैठकले महत्वपूर्ण सहयोग गर्ने बताए ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालका उत्पदनलाई सहजरुपमा अमेरिकी बजारमा पुर्याउन र त्यसका लागि आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। नेपाली उत्पादनलाई अमेरिकी बजारमा प्रवद्र्धन एवम् बिक्री अभिवृद्धि गर्ने उद्देश्यले नेपाल र अमेरिकाबीच विसं २०६८ मा टिफा सम्झौता भएको थियो । 
नेपालमा अमेरिकी लगानी आकर्षित गर्न तथा नेपाली वस्तु र सेवाको व्यापार विस्तारमा सघाउन उक्त सम्झौता भएको हो ।दुईदिने उक्त बैठकमा गलैँचा, हस्तकलाका सामग्री, पश्मिना तथा छालाजन्य नेपाली उत्पादनको अमेरिकामा बजार विस्तारमा जोड दिनुका साथै पारस्पारिक व्यापार अभिवृद्धि तथा लगानीबारे छलफल हुने बताइएको छ । 
बैठकमा वाणिज्य, अर्थ, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र उद्योग मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, नेपाल लगानी बोर्ड, गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि अनुसन्धान विभागका उच्च अधिकारी एवम् नेपाल–अमेरिका उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी छन् । रासस 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]