May 4th, 2017

नेको इन्स्योरेन्सको ९२ हजार कित्ता सेयर लिलामीमा आउँदै

नेको इन्स्योरेन्स लिमिटेडले ९२ हजार आठ सय ९३ दशमलव ३२ कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । संस्थापक सेयरतर्फ छ हजार एक सय ६३ दशमलव ७९ कित्ता र सर्वसाधारणतर्फ ८६ हजार सात सय २९ दशमलव ५३ कित्ता हकप्रद सेयरलाई लिलाम विक्री गर्न लागिएको हो । कम्पनीले जेठ ५ गतेदेखि ११ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने जानकारी दिएको छ ।

हकप्रद सेयरको न्यूनतम प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले कम्पनीले २०७३ फागुन ३ गतेदेखि चैत ७ गतेसम्म निष्काशन खुला गर्दा नबिकेको हकप्रद सेयरलाई बोलकबोलका माध्यमबाट विक्री गर्न लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]