December 11th, 2017

निर्जिवन बीमा कम्पनीहरुको बीमाशूल्क बढ्यो

बैंकिङ खबर । निर्जिवन बीमा कम्पनीहरुको बीमाशूल्क बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा औसत १४ प्रतिशत बढी बीमाशूल्क आर्जन गरेका छन् । गत असोज मसान्तसम्ममा १७ निर्जिवन बीमा कम्पनीहरुले पाँच अर्ब ६३ करोड रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । 

शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै
तीन महिनामा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ७५ करोड २७ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यसपछि, सिद्धार्थ इन्स्योरेन्सले ४९ करोड रुपैयाँ र सगरमाथा इन्स्योरेन्सले ४३ करोड ९८ लाख रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । एभरेष्ट इन्स्योरेन्सले बीमा शूल्क आर्जनमा सबैभन्दा धेरै प्रगति गरेको छ । गत आर्थिक वर्षमा पाँच करोड ९९ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ९६ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ ।

दुई कम्पनीको बीमाशूल्क आर्जनमा गिरावट
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी तथा युनाइटेड इन्स्योरेन्स कम्पनीको बिमाशुल्क आम्दानी गत आवको सोही अवधिको तुलनामा घटेको छ । हिमालयन जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः २६ करोड ५७ लाख र १५ करोड ३० लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले क्रमशः ४० करोड ४६ लाख र १८ करोड ५९ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेका थिए ।

बाँकी ११ कम्पनीको बीमाशूल्क आर्जन रिपोर्ट
शिखर, सिद्धार्थ, सगरमाथा, एभरेष्ट, हिमालयन र युनाइटेड बाहेक, नेपाल इन्स्योरेन्सले २१ करोड १८ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेको छ । त्यस्तै, वरियन्टल इन्स्योरेन्सले २९ करोड ९४ लाख, नेशनल इन्स्योरेन्सले २५ करोड १७ लाख, प्रिमियर इन्स्योरेन्सले ४१ करोड १२ लाख, नेको इन्स्योरेन्सले ४१ करोड १५ लाख र प्रभु इन्स्योरेन्सले २५ करोड ३४ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् । त्यसैगरी, पहिलो त्रैमासमा, एनबी इन्स्योरेन्सले २१ करोड ६४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ३६ करोड ६९ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ३० करोड ७७ लाख, एनएलजी इन्स्योरेन्सले ३६ करोड ९७ लाख र राष्ट्रिय बीमा कम्पनीले ३१ करोड ८७ लाख रुपैयाँ बीमाशूल्क आर्जन गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]