June 2nd, 2017

निजामति कर्मचारीहरुको लगानीमा छ सय ८० मेगावाटको आयोजना बन्दै

छ सय ८० मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निजामति कर्मचारीहरुको लगानीमा बन्ने भएको छ । कर्मचारी सञ्चय कोषले कोषमा जम्मा गर्ने कर्मचारीहरुको कोष कट्टी गर्दै बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्न उर्जा मन्त्रालयले अनुमति दिएको हो । 

उर्जा मन्त्रालयको अनुमति पाएसँगै कर्मचारीहरुको लगानीमा सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु र विजौरा गाविस तथा सेती अञ्चल अछाम जिल्लाको ढुङ्गा चाल्ना, नारायणपुर, तुर्माखाड, गाविस एवम् कैलाली जिल्लाको सुगरखालमा अवस्थित कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना बन्ने भएको हो । आयोजना निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र कोषमा कोष कट्टी गर्दै आएका करिब ६ लाख सञ्चयकर्ताहहरुको संयुक्त लगानीमा निर्माण गरिनेछ ।

पहिलो २ वर्ष सर्वेक्षणको काम सम्पन्न गर्ने र ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो आयोजनामा नेपालकै प्रविधि प्रयोग गरिनेछ बताइएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]