June 2nd, 2016

नारायणी नेशनल फाइनान्सलाई एक्विजिसन गर्दै सनराइज बैंक

sunrise-bankसनराइज बैंक लिमिटेडले नारायणी नेशनल फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । बैंकको विशेष साधारण सभाले नारायणी नेशनल फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको हो । प्रस्ताव पारित भएसँगै अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने तयारी बैंकले थालेको छ । बैंकले आगामी आषाढ मसान्त भित्रै एकिकृत कारोबार प्रारम्भ गर्ने गरी प्रक्रिया अघि बढाइने बताएको छ । नारायणी फाइनान्स प्राप्ती पश्चात् बैंकको चुक्ता पुँजी ४ अर्ब पुग्ने छ भने शाखा संख्या ६७ पुग्नुका साथै निक्षेप ५० अर्ब र कर्जा ४३ अर्ब पुग्ने छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]