September 25th, 2016

नयाँ नोट साट्न कहाँकहाँ पाइन्छ ? हेर्नुस् रिपोर्टमा

new-noteनेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन सुरु गरेको छ । राष्ट्र बैंकले आइतबारदेखि क, ख र ग वर्गका बैंकहरुलाई थापाथली परिसरबाट नयाँ नोट उपलब्ध गराउन थालेको हो । 

बैंकमा नयाँ नोट सोमबारदेखि
राष्ट्र बैंकले १४ गतेसम्म बैंकहरुलाई नयाँ नोट उपलब्ध गराउने र १६ गतेदेखि सबै बैंकहरुले सर्वसाधारणलाई नयाँ नोट उपब्ध गराउने भनिएपनि बैंकहरुले सोमबारदेखि नै सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउने तयारी गरेका छन् । जसअनुसार, क, ख र ग वर्गका बैंकहरुका केन्द्रीय कार्यालय र बैंकिङ कारोबार गर्ने शाखाहरुबाट ग्राहकहरुले नोट सटही सुविधा पाउनेछन् ।  

राष्ट्र बैंकमा १६ गतेदेखि
सिधै नेपाल राष्ट्र बैंकबाट पनि नोट सटही सुविधा पाउन सकिनेछ । सर्वसाधारण नेपाली नागरिकहरुका लागि असोज १६ गतेदेखि बैंकिङ कारोबार समय (साँझ ५ बजे) भित्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टरहरुबाट सटही सुविधान पैदान गरिने बताइएको छ । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल सरकार, निजामती सेवाका कार्यालयहरुलाई समेत सम्बन्धित निकायको पत्र र उपलब्धताको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउण्टरबाट असोज १६ गतेदेखि नोट सटही सुविधा उपलब्ध गराइने बताइएको छ । 

राजधानी वाहिरका नेपालीका लागि
राष्ट्र बैंकका उपत्यकाबाहेकका कार्यालयहरु र राष्ट्र बैंक मातहतमा सञ्चालित नोटकोष रहेका वाणिज्य बैंकहरुले समेत असोज १६ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सुकिला नोट सटहीको सविधा उपलब्ध गराउनुपर्ने छ । 

३७ हजारसम्म साट्न पाइने
सर्वसाधारणले यसपाली प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्म साट्न पाउनेछन् । अघिल्लो वर्ष दसैंतिहारमा सर्वसाधारणले प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म यो सुविधा पाएका थिए । यसपालिको दसैंमा सर्वसाधारणले ५, १०, २०, ५० र १०० का गरी दुईरदुई प्याकेटका दरले सटही गर्न पाउने छन् ।
दसैंमा वितरण हुने नयाँ नोटमध्ये १ सय र ५० रुपैयाँमा मात्र गर्भनर चिरंजीबि नेपालको हस्ताक्षर हुने छ । बाँकी सबै दरका नोटमा पूर्वगभर्नर युवराज खतिवडाको हस्ताक्षर हुने राष्ट्र बैंकले बताएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]