September 22nd, 2017

नयाँ नोटको जतन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरुलाई दशैँमा वितरण गरेका नयाँ नोटलाई जतन गर्न आग्रह गरेको छ । वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या भएको भन्दै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले नयाँ नोटलाई दशैँ तिहारमा रङ र पानीबाट बचाउन समेत आग्रह छ । नेपाल राष्ट्र बैंकका निर्देशक एवं सह–प्रवक्ता राजेन्द्र पण्डितले नयाँ नोट सबैको साझा सम्पत्ति भएको भन्दै नोटको जतन गर्नुपर्ने बताए । नोट निष्काशन गर्दा लाग्ने रकम नेपालीहरुकै भएकाले नोट जतन गर्नु सबैको दायित्व भएको राष्ट्र बैंकको भनाई छ । 

बैंकले दशैँका लागि २५ अर्ब रुपैयाँका नयाँ नोट वितरण गरिरहेको छ । राष्ट्र बैंकले काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट साथै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट समेत नयाँ नोट वितरण गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]