May 22nd, 2017

दोहोरो अंकले नेप्से परिसूचक घट्दा कसले कमाए, कसले गुमाए ?

सोमबार सेयर बजार १०.८४ अंकले घटेर १६१६.४० अंकमा कायम भएको छ । होटल, फाइनान्स र उत्पादनमूलक समूह क्रमशः १२.७२, ०.११ र २०.६४ अंकले बढेका छन् । सबैभन्दा धेरै बीमा समूह ६५.३६ अंकले घटेको छ । बैंकिङ, विकास बैंक र जलविद्युत् क्रमशः १४.२२, ५.६७ र १०.१३ अंकले घटेका छन् भने अन्य समूह स्थिर रहेको छ । 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरिमा १४५ वटा कम्पनीको नौ लाख ८५ हजार पाँच सय ५० कित्ता सेयर चार हजार दुई सय २३ पटक खरिदविक्री हुँदा ५२ करोड ८६ लाख ७९ हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । 

नेपाल बैंकको सबैभन्दा धेरै आठ करोड आठ लाख ८३ हजार चार सय ४९ रुपैयाँको कारोबार भएको छ भने बैंक अफ काठमाण्डू र हिमालयन जनरल इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार भएको छ । प्रचु बैंक, प्रभु इन्स्योरेन्स, सिद्धार्थ बैंक, नेपाल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

सिनर्जी पावर र मेरो माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा नेशनल माइक्रोफाइनान्स र हिमालयन डिस्टीलरीका सेयरधनीले क्रमशः ९.९९ र ७.९५ प्रतिशतका दरले कमाएका छन् । रिडी हाइड्रो, आरएसडीसी लघुवित्त, कञ्चन डेभलपमेन्ट बैंक, बैंक अफ काठमाण्डू, पोखरा फाइनान्स, सहयोगी विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको स्टान्डर्ड चार्टर्ड बैंकका सेयरधनीले ३.८८६५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सहारा विकास बैंक, ङादी ग्रुप पावर, युनाइटेड फाइनान्स, दिव्यश्वरी हाइड्रो, नेपाल एसबिआई बैंक, सगरमाथा इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, अरुण काबेली पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]