गत सातादेखि नै ओरालो लागिरहेको सेयर बजारले यो साताको सुरुवात पनि गिरावटबाटै गरेको छ । नेप्से परिसूचक १३.३९ अंकले घटेर १५४०.२३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः १२.९१, २.५३, ३८.७४, १७, १५.७, ३.१, ५८.५९, ३७.४८ र २.८९ अंकले घटेका छन् ।
दिनभरिमा १५८ वटा कम्पनीको १३ लाख ८१ हजार दुई सय ४८ कित्ता सेयर चार हजार एक सय ३३४ पटक खरिदविक्री हुँदा ५० करोड १४ लाख २६ हजार एक सय २१ रुपैयाँको कारोबार भएको छ । एनबि बैंक र गुराँस लाइफ इन्स्योरेन्स प्रोमोटरको चार करोडमाथिको कारोबार भएको छ भने शिखर इन्स्योरेन्स प्रोमोटर र नेपाल टेलिकमको तीन करोडको कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी प्रोमोटरको दुई करोड तथा बुटवल पावर कम्पनी, सनराइज बैंक, नेपाल लाइफ इन्स्योरेन्स र चिलिमे हाइड्रोको एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको ८८ लाख रुपैयाँको कारोबार भएको छ ।
मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.७३ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, महुली सामुदायिक लघुवित्त, किसान माइक्रोफाइनान्स, हिमालयन डिस्टीलरी, नविल इक्विटी फण्ड, सृजना फाइनान्स, नेपाल इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त लगायत २४ कम्पनीमा सेयरधनीले पनि कमाएका छन् ।
यता, वरियन्टल होटन्सका सेयरधनीले ५.३० प्रतिशतका दरले गुमाएका छन् । बेस्ट फाइनान्स, रिलायबल माइक्रोफाइनान्स, बरुण हाइड्रो, मेरो माइक्रोफाइनान्स, सानिमा बैंक, मिर्मिरे माइक्रोफाइनान्स, नेपाल ग्रामीण विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।