January 29th, 2018

दोस्रो त्रैमासमा टुरिजम डेभलपमेन्ट बैंकको मुनाफा ११ करोड नाघ्यो

बैंकिङ खबर । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ८३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा टुरिजमले १४ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब एक करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ६४ करोड ९१ लाख ५८ हजार रुपैयाँ राखेको छ । बैंकले १३ अर्ब १० करोड नौ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५४ करोड ५६ लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, बैंकले ३० करोड ५८ लाख ६९ हजार रुपैयाँ खुृद व्याज आम्दानी गरेको छ भने १५ करोड २९ लाख ५१ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । 

यो अवधिमा बैंकले दुई करोड ४२ लाख ४९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रोभिजनमा बैंकले आठ करोड ७२ लाख ७९ हजार रुपैयाँ राखेको छ । पुस मसान्तमा टुरिजम डेभलपमेन्ट बैंकको निष्कृय कर्जा दुई दशमलव १३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १९ दशमलव ०२ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ११ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३८ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ३२ दशमलव २९ रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]