February 11th, 2018

देवः विकास बैंकले पायो हकप्रद जारी गर्ने अनुमति

बैंकिङ खबर । देवः विकास बैंक लिमिटेडले ४० प्रतिशत अर्थात १० बराबर चारको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६५ करोड ३३ लाख १० हजार आठ सय ५९ रुपैयाँ बराबरको ६५ लाख ३३ हजार एक सय आठ दशमलव ५९ कित्ता हकप्रद सेयर विक्री गर्न नेपाल धितोपत्र बार्डबाट अनुमति पाएको हो ।

साझा विकास बैंक र युनियन फाइनान्सलाई गाभेपछि देवः विकास बैंकको चुक्तापुँजी एक अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाघ्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यपिटल मार्केट लिमिटेड  रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]