June 18th, 2016

दूरसञ्चार क्षेत्रमा प्रतिष्पर्धा : हेर्नुस् कुन छ अगाडी ?

doorsancharपछिल्लो समय दूरसञ्चार क्षेत्रमा प्रतिष्पर्धा बढेको छ । दूरसञ्चार सेवाका लागि आधादर्जन कम्पनीले अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । यीमध्ये, सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच चर्काे प्रतिस्पर्धा छ । आर्थिक वर्ष ०६८/०६९ देखि सरकारलाई सबैभन्दा धेरै कर तिर्ने क्षेत्र हो दूरसञ्चार । 

भ्वाइस र डाटामा नेपाल टेलिकम अगाडी
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको माघसम्मको म्यानेजमेन्ट इफरमेसन सिस्टम (एमआईएस) प्रतिवेदनअनुसार भ्वाइस र डाटा दुुवै सेवामा नेपाल टेलिकम अगाडि छ । प्रतिवेदनअनुसार टेलिकमको भ्वाइस सेवामा ४८ र एनसेलको ४५ प्रतिशत बजार हिस्सा छ । बाँकी ७ प्रतिशत अन्य साना कम्पनीहरु स्मार्ट टेलिकम, युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), नेपाल स्याटेलाइट टेलिकम र एसटीएम टेलिकमको छ ।

बजारको नेतृत्व टेलिकमको हातमा, प्रतिष्पर्धामा एनसेल
पछिल्लो समयमा स्मार्ट टेलिकमको बजार विस्तार भए पनि अरू साना कम्पनीले भने बजारीकरण गर्न सकेका छैनन् । डेटातर्फ ५६.९९ प्रतिशत बजारहिस्सा सुरक्षित गर्दै टेलिकमले बजारको नेतृत्व गरेको छ । प्रतिस्पर्धी कम्पनी एनसेलको ४०.६२ प्रतिशत छ भने अरू बजार इन्टरनेट सेवा प्रदायक कम्पनी (आइस्पान) र अन्य सेवा प्रदायकको छ । यद्यपि, ग्लोबल सिस्टम फर मोबाइल (जीएसएम) मा ५७ प्रतिशत बजार हिस्सा भएकाले एनसेल नै नम्बर २ मा रहेको एनसेलको दाबी छ । यता, २०७१ देखि टेलिकम नम्बर एकमा रहेको टेलिकमको भनाइ छ । 

प्राधिकरणका अनुसार १११.५४ प्रतिशतमा दूरसञ्चार सेवा पुगेको छ जसमध्ये १०५.५४ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]