March 4th, 2017

दुई ठूला बैंकमा रोजगारीको अवसर : छुट्नुहोला है

यति बेला दुई ठूला वाणिज्य बैंकहरुले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । सफल बैंकिङ करिअर बनाउने यो महत्वपूर्ण अवसरलाई गुमाउनुहोला है । हेर्नुहोस्, कुनुकुन बैंकमा छ कर्मचारी आवश्यकता ?

नेपाल बंगलादेश बैंकमा जागीर खुलेको छ । बैंकले केही संख्यामा लिगल डिपार्टमेन्ट हेड र लिगल अफिसर माग गरेको हो । इच्छुक, योग्यता पुगेका र अनुभवी नेपाली नागरिकलाई १५ मार्च अर्थात चैत्र २ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।  

प्रभु बैंक लिमिटेडमा विभिन्न पदमा जागीर खुलेको छ । बैंकले अफिसर, सुपरभाइजर, मेनेजमेन्ट ट्रेनी, लिगल अफिसर, आईटी (एसिस्टेन्ट र अफिसर) र जुनियर एसिस्टेन्ट ट्रेनी पदमा विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ५ मार्च अर्थात यही फागुन २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि तथा अनलाइनमार्फत एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://prabhubank.com/career/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]