January 27th, 2018

तयार रहनुहोला, छिटै आउँदैछ चार कम्पनीको हकप्रद सेयर

बैंकिङ खबर । चार वटा कम्पनीहरुले छिटै नै हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स माघ १५ गते अर्थात आउँदो सोमबारदेखि नै हकप्रद जारी गर्ने तयारीमा छन् । नेको इन्स्योरेन्सको हकप्रद माघ २६ गतेदेखि निष्काशन हुँदैछ भने सिद्धार्थ बैंकले हकप्रद निष्काशनका लागि फागुन २ गतेको मिति तय गरेको छ । 

कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडले माघ १५ गतेदेखि १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फागुन २० गतेसम्म निष्काशन हुने सेयरमा एनएमबि क्यापिटल नागपोखरी, एनएमबि बैंकका शाखा कार्यालयहरु, कामना सेवा विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । 

कामना सेवाले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ९४ लाख १५ हजार चार सय ७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार एक सक्ष् ५४ दशमलव ७७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले निर्दशन गरे अनुसार बैंकले दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ । यसको लागि बैंकले अझै १२ करोड ७८ लाख रुपैयाँ जुटाउनु पर्ने छ । बैंकले चालु आर्थिक वर्षमा चुक्ता पूँजी दुई अर्ब ५३ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । 

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पनि माघ १५ गतेदेखि नै १० बराबर आठ दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फागुन २० गतेसम्म निष्काशन खुला रहने सेयरमा पुस २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

कम्पनीले एक सय रुपैंयाँ अंकित दरमा २८ करोड ६८ लाख २२ हजार पाँच सय रुपैयाँ बराबरको २८ लाख ६८ हजार दुई सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आस्वा सेवा दिने सबै बैंक्बाट हकप्रद खरिदका लागि आवेदन दिन सकिन्छ ।

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २६ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । चैत १ गतेसम्म खुला रहने सेयरमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन पाउनेछन् । 

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ कित्ता सेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय बाट हकप्रद सेयरका लागि आवेदन दिने पाइनेछ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले फागुन २ गतेदेखि १० प्रतिशत १० बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशन चैत ६ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिद्धार्थ क्यापिटल तथा आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६८ करोड २६ लाख ११ हजार सात सय १९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार एक सय १७ दशमलव १९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिद्धार्थ बैंकको चुक्तापुँजी छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ रहेको छ । १० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ५० करोड ८७ लाख रुपैयाँ नाघ्नेछ । ८ अर्ब पूँजी पुर्याउन अपुग रकम बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गर्नुपर्ने हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]