September 24th, 2017

डेभलपमेन्ट बैंकर्स एशोसिएसनद्धारा बाढी पीडितलाई आर्थिक सहयोग

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले गत महिना देशका तराई तथा पहाडी भुभागमा आएको बाढी पहिरो तथा डुबानले त्यहाँको जनजीवन कडटकर भई घरबार विहिन भएका जनताहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । मिति २०७४ साल असोज ६ गते शुक्रबारको दिन नेपाल उद्योग बाणिज्य महासंघद्धारा आयोजित सामाजिक सेवा दिवसको कार्यक्रममा डेभलपमेण्ट बैंकर्स एशोसिएसनका महासचिव झलक प्रसाद खनालद्धारा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई ३२ लाखको चेक हस्तान्तरण गरेका थिए । उक्त रकम सहयोग गर्ने सदस्य विकास कैंकहरुको नामावली निम्नानुसार रहेको थियो । 

१) मुक्तिनाथ विकास बैंक लिमिटेड         ५,००,००।०० 
२) गरिमा विकास बैंक लिमिटेड        ५,००,००।००
३) लूम्विनी विकास बैंक लिमिटेड         ५,००,००।००
४) कैलाश विकास बैंक लिमिटेड         ५,००,००।००
५) महालक्ष्मी विकास बैंक लिमिटेड        ५,००,००।००
६) साईन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड    ३,००,००।००
७) तिनाउ विकास बैंक लिमिटेड        २,००,००।००
८) मिसन डेभलपमेण्ट बैंक लिमिटेड        २,००,००।०० 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]