March 2nd, 2016

डेपुटी गभर्नरमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ

deputy 1jpgनेपाल राष्ट्र बैँकको डेपुटी गभर्नर पदमा चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको सिफारिसमा बुधबारको मन्त्रिपरिषदे बैठकले शिवाकोटी र श्रेष्ठलाई नियुक्त गरेको हो । नियुक्त पाएकाहरुले गभर्नरबाट सपथ ग्रहण गरेपछि कार्यभार सम्हाल्ने छन् ।  


राष्ट्र बैंकको डेपुटी गभर्नर गत पुस १० गतेबाट रिक्त थियो । पाँच बर्षे कार्यकाल सकेर गोपाल काफ्ले र महाप्रसाद अधिकारी अवकास भएपछि डेपुटी गभर्नर रिक्त थियो । डेपुटी गभर्नर नियुक्त नहुँदा सरुवा, वढुवा, पदपुर्ति रोकिनुका साथै नीति तर्जुमालगायत एक दर्जन समीतिहरु निस्कृय भएका थिए । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १६ मा रिक्त दरबन्दीको दोब्बर सङ्ख्यामा गभर्नरले कार्यक्षमता र वरिष्ठताका आधारमा सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गर्ने व्यवस्था बमोजिम नयाँ डेपुटी गभर्नर नियुक्त गरिएको हो । राष्ट्र बैंकले सम्पादन गर्ने सुपरिवेक्षण र मौद्रिक नीति दुई क्षेत्र हेर्नका लागि दुई डेपुटी गभर्नरको दरबन्दीको व्यवस्था गरिएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]