March 6th, 2016

डेपुटी गभर्नरका रियल फेस

लामो समयदेखि नेपाल राष्ट्र बैँकको कार्यकारी निर्देशक पदमा रहेर हालै डेपुटी गभर्नरमा नियुक्त भएका शिवराज श्रेष्ठ र चिन्तामणी अधिकारीको वास्तविक जीवन यहाँ प्रस्तुत गरिन्छ :

शिवराज श्रेष्ठ 
DSCN9950हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका शिवराज श्रेष्ठ २०४६ सालबाट सहायक निर्देशकका रुपमा राष्ट्र बैंक छिरेका हुन् । २०५३ मा उपनिर्देशक, २०५५ मा निर्देशक र २०६९ सालमा कार्यकारी निर्देशक भएर काम गरिसकेका उनले एमबीए, अर्थशास्त्रमा स्नातकोत्तर, नेशनल इन्स्च्यिुट अफ बैकिङ भारतबाट एमबीए र स्कुल अफ फाइनान्स एन्ड म्यानेजमेन्ट लण्डनबाट एमबीए गरेका छन् । 

काठमाडौंको नयाँ बजारमा २०२४ सालमा सामान्य परिवारमा जन्मिएका शिवराज श्रेष्ठले शान्ति विद्या गृह लैनचौरबाट एसएलसी र प्लस टु उतिर्ण  गरेका थिए । काठमाडौंको पिपुल्स कलेजबाट स्नातक तहकोे पढाई उतिर्ण गरेका उनले पब्लिक युथ क्याम्पसबाट प्रथम श्रेण्ीमा स्नातक तहसम्मको अध्ययन पूरा गरे । यसबाहेक उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा एमए पनि गरेका छन् । उनी नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नु भन्दा अघि खरीदार र सुब्बाको रुपमा महालेखा परिक्षकको विशिष्ट पदमा बसेर पनि काम गरेका थिए । यसबाहेक उनले कर्मचारी सञ्चय कोषमा सहायक प्रमुखको रुपमा पनि काम गरिसकेका छन् । उनी २०४६ सालदेखि राष्ट्र बैंकमा प्रवेश गरेका थिए ।  उनले सानैदेखि नै पढाईलाई सबैभन्दा बढी महत्व दिन्थे भने यसको अलवा खेलखुदमा पनि उत्तिकै रुची राख्दथे । सरकारी सेवामा रहिरहँदा उनले ३ बर्षमा अध्ययन बिदा लिएर बेलायतको ‘स्कूल अफ म्यानेजमेन्ट’ बाट  अध्ययन गर्ने मौका पाए । उनले राष्ट्र बैंकका सेवा सुरु गरेको २६ बर्ष पूरा भएको छ । राष्ट्र बैंकमा सरकारको प्रतिनिधिको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न आएका उनी राष्ट्र बैंकले झेल्दै आएका समस्या समाधान गर्न अग्रसर भएर लाग्ने बताउँछन्  ।

चिन्तामणी सिवाकोटी  
DSCN9946हालै नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर पदमा नियुक्ति भएका चिन्तामणी सिवाकोटी २०४४ सालमा प्रधान सहायक (नासु स्तर) पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । उनले नेपालबाट एमविए तथा अमेरिकाबाट फाइनान्सियल म्यानेजमेन्टमा एमबीए गरेका छन् । उनीले कानुन विषयमा स्नातक पनि गरेका छन् । इटलीमा माइक्रो फाइनान्सको वोल्डर ट्रेनिङ लिएका उनले निरिक्षक र सुपरिवेक्षक सम्बन्धि कोरियाबाट तालिम लिएका छन् । माइक्रो फाइनान्समा वढी विज्ञता रहेका उनको सुपरिवेक्षण, विदेशी विनिमयमा अनुभव छ । २०२२ साल साउन ६ गते तेह्रथुममा जन्मिएका चिन्तामणीले कक्षा १ देखि कक्षा ४ सम्म तेह्रथुममै पढेका थिए । पछि उनको परिवार मोरङको अमरदहमा बसाईसरेका कारण मोरङकै पब्लिक माध्यमिक विद्यालयबाट उनले प्रथम श्रेणीमा एसएलसी उर्तिण गरे । प्लस टु सम्मको पढाई मोरङको महेन्द्र विद्या आश्रममा सकेपछि  २०४३ सालमा उनी उच्च शिक्षाको लागि काठमाडौं प्रवेश गरेका थिए । स्नातक तह र स्नातकोत्तरको पढाइ काठमाडौंको नेपाल कमर्स क्याम्पस मिनभवनबाट पूरा गरेका थिए । सरकारी क्षेत्रमा काम गर्न रुची राख्ने उनले व्यवस्थापन पढ्दापढ्दै खरीदार र सुब्बामा नाम निकाले । त्यो भन्दा अघि उनले स्नातक तह पढ्दा पढ्दै १ बर्ष शिक्षक पेशा र त्रिविमा १ बर्ष लेखापालको रुपमा काम गरिसकेका थिए । उनी प्रधान सहायक ९नासु स्तर० बाट २०४४ सालमा नेपाल राष्ट्र बैंक छिरेका हुन् । सरकारी सेवामा नाम निकालेपछि उनलाई थप सफलता मिल्न थाल्यो । २०५८ सालमा उनले सयूक्त राज्य अमेरिकामा बसेर व्यवस्थापन विषयमा स्नातकोत्तर गरे । त्यसको अलवा उनले विएल र एलएलवी पनि गरेका छन् । जसले यतिबेला एउटा सफल उचाई प्राप्त गर्दै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्ने शौभाग्य पाए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]