December 18th, 2017

डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सी इ ओ अफ द इयर”

राजधानीको सोल्टी क्राउन प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ । साथमा डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सी.इ.ओ अफ द इयर २०१७ को आवार्ड समेत प्राप्त गरेका छन् । थाइल्याण्डको सी एस आर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । 

विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सी एस आर, थट लिडर्स, सी एम ओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टि.भि. को प्रविधि भित्राउने डिश होम,नेपालको टेलिकम क्षेत्रमो सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहर देखि अत्यन्त ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिश होम, नेपालीहरुको टि.भि हेर्नका लागी पहिलो रोजाइको रुपमा स्थापित भैसकेको छ ।

समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सी इ ओ अफ द इयर” प्राप्त भएको कुरा कम्पनीले जनाएको छ । उक्त २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]