February 16th, 2018

झन्डै ३४ अंकले बढ्यो सेयर बजार, चार दिनमा डेढ अर्बमाथिको कारोबार

बैंकिङ खबर । यो साता सुरुको दुई दिन घटेको सेयर बजार अन्तिम दुई दिन बढेर बन्द भएको छ । केपी ओली प्रभानमन्त्री भएको दिन विहीबार सेयर बजार ३६ अंकले बढेको छ । गत साताको अन्तिम दिन १३९१.०३ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १४२४.९५ अंकमा पुगेको छ । यस आधारमा हेर्दा, यो साता नेप्से ३३.९२ अंकले बढेको देखिन्छ ।

परिसूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आइतबार २४ करोड ४२ लाखको कारोबार भएको बजारमा सोमबार २४ करोड ६७ लाख रुपैयाँको कारोबार भएको थियो । बुधबार बजार बढ्दा कारोबार पनि बढेर ३८ करोड ६४ लाख रुपैयाँ पुगेको थियो । विहीबार ६६ करोडमाथिको कारोबार भएको थियो । समग्रमा यो साता एक अर्ब ५४ करोड १४ लाख १८ हजार ६९ रुपैयाँको कारोबार भएको छ । गत साता एक अर्ब ३६ करोडको कारोबार भएको थियो । 

प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको धेरै कारोबार भएको छ । कारोबार घट्दा सुरुका दिनहरुमा धेरै कम्पनीे गुमाएपनि विहीबार धेरै कम्पनीको सेयरमूल्य बढेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]