August 31st, 2017

झन्झन् सुस्ताउँदै नेप्से, कारोबार पनि घट्यो, १० कम्पनीका सेयरधनीले कमाए

साताको अन्तिम दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १६.१५, ११.१३, २४.६६, १७.३१, १०.२३, १.४१ र १.७४ अंकले घटेका छन् । 

केही दिनदेखि लगातार बढेर झन्डै अर्ब पुग्न लागेको कारोबार विहीबार ओरालो लागेको छ । दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार चार सय ५९ पटक खरिदविक्री हुँदा ८४ करोड ९१ लाख १५ हजार तीन सय १९ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, एनआईसी एसिया बैंकको छ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आरएसडीसी लघुवित्त र छिमेक लघुवित्तको पौने चार करोडको कारोबार भएको छ भने निर्धन उत्थान बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नविल बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ प्रोमोटर, सानिमा बैंक, प्राइम बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा १० वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै जनरल फाइनान्सका सेयरधनीले ४.४८ प्रतिशतका दरले कमाएका छन् । निर्धन उत्थान बैंक, वरियन्टल होटल्स, महुली सामुदायिक लघुवित्त, हिमालयन डिस्टीलरी, ओम डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, एलआईसी नेपाल, चिलिमे हाइड्रो र फसर््ट माइक्रोफाइनान्सका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका सेयरधनीले ९.९९५९ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाउँदा भार्गव विकास बैंक, सेन्ट्रल फाइनान्स, पूर्णिमा विकास बैंक र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ६.०७, ५.८२, ५.३४ र ५ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन पावर पार्टनर, सिनर्जी पावर, मिसन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]