May 30th, 2016

ज्योति विकास बैंकसंगको मर्जर किन रोकियो ? हाम्रो विकास बैंकका सिइओ ढकाललाई सात प्रश्न 

ceoज्योति विकास बैंक, हाम्रो विकास बैंक र झिमरुक विकास बैंक एकआपसमा गाभिने अन्तिम प्रक्रियामा पुगेर रोकिएका छन् । हाम्रो विकास बैंक र ज्योति विकास बैंकद्धारा गएको चैत्त मसान्तसम्ममा मर्जर पुरा हुने र बैशाखबाटै एकिकृत कारोबार थाल्ने योजना सुनाइएको भए पनि त्यसो हुन सकेन । हाम्रो विकास बैंकको गत वैशाख ३० गतेको साधारणसभाले तत्काल मर्जरमा जाने कुरालाई अस्वीकार गरिदियो । यसै विषयमा हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल ढकाललाई सहकर्मी नवराज कुँवरले मर्जर प्रक्रिया अवरुद्ध भएकोबारे सातवटा प्रश्न गरेका छन् । सोही संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।

 

ज्योति विकास बैंकसंगको मर्जर टुटेको हो ?

टुटेको नै त भन्न मिल्दैन । तर ३१ गते सम्पन्न विशेष साधारण सभाले अस्विकृत चाहिँ गरेको हो । 

 

अन्तिम समयमा आएर किन अस्विकृत गरियो त ?

केहि शेयरधनीहरुको मर्ज हुने सँस्थाको वित्तीय विवरणमा भएको आशंकाका कारण उक्त प्रस्ताव अस्विकृत भएको हो 

त्यसो भए, ज्योति सँग अब मर्जर हुँदैन ?

तत्कालका लागि ज्योतिसँग मर्जरमा जाने भन्ने प्रस्ताव साधारण सभाले अस्विकृत गरेको हो । यसको अर्थ पुनः ज्योति सँग मर्जर हुन सक्दैन भन्ने होइन । शेयरधनीले सबै बैंक तथा वित्तीय संस्था (ज्योति सहित) बाट छनोट गरि मर्जर प्रक्रिया अगाडि बढाउन सक्छन् । 

सञ्चालक समितीले किन मानेन गाभिन ?

सञ्चालक समितीले गाभ्नको लागी शत प्रतिशत कोशिस गरेको हो, गाभिन नमानेको होइन ।

ए, उनीहरुको वित्तीय अवस्थाप्रति शंका लागेर हो ?

हो, कतिपय शेयरधनीहरुलाई अर्को गाभ्ने संस्थाको वित्तीय विवरणमा शंका रह्यो । 

वित्तीय विवरण अध्ययनका लागि कुनै समिती बनाइएको छ त ?

छैन, साधारण सभामा मर्जरमा जाने कुराबारे केही मेम्बरहरु असन्तुष्ट देखिनुभएको थियो । त्यहाँ वित्तीय विवरणमा सन्तुष्टि भए पश्चात् मर्जरमा जाने भन्ने आसयमा सब कमिटि बनाउने विषयमा पनि छलफल चाहिँ भएको हो । तर उक्त सब कमिटिमा समेत सेयरधनीको सहमत हुन सकेन । 

मर्जरमा जाने सम्भावना कायमै छ भने कहिलेसम्म टुंगो लाग्ला त ?

मलाई लाग्छ, एक हप्ताभित्रै टुंगो लाग्छ । तर, राम्रो सिग्नल देखिएमा केहि थप समय पनि लाग्न सक्छ । सञ्चालक समिति मर्जरमा नजाने पक्षमा हैन । उहाँहरुले हामीसंग गाभिन लागेका संस्थाहरुको वित्तीय अवस्थाबारे अध्ययन गरेर सोही अनुसार सर्तसहित मर्जरमा जानुपर्ने कुरा औँल्याउनुभएको हो । त्यसैले अहिले उहाँहरुसहित हामी अध्ययनमा छौँ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]