January 29th, 2018

ज्योति विकास बैंकले कमायो सवा १४ करोड मुनाफा

बैंकिङ खबर । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव २२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ज्योति विकास बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३४ करोड ४० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १३ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ संकलन गरेर कर्जामा १२ अर्ब ४३ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ५१ दशमलव ५५ प्रतिशतले र संचालन मुनाफामा ४७ दशमलव ९७ प्रतिशतले वृद्धि गरेको छ ।

खराब कर्जा १.४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २४.६९ प्रतिशत रहेको बैंकले प्रोभिजनमा चार करोड २२ लाख छ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १० दशमलव ९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १३ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ६२ प्रतिशत रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]