March 3rd, 2017

ज्योति विकास बैंकको १२औँ एटीएम भिंगृबजारमा

ज्योति बिकास बैंक लिमिटेडले प्युठान जिल्लाको पवित्र तीर्थस्थल स्वर्गद्वारी जाने बाटोको मुख्य स्थान भिंगृबजारमा आफ्नो १२ औं एटीएम सञ्चालनमा ल्याएकोको छ । उक्त एटीएमको शुक्रबार एक समारोहका बीच बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उद्घाटन गरेका हुन् । 

बैंकमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब ९१ हजार सात सय ५५ ग्राहकहरु रहेका छन् । सो अवधिमा बैंकले नौ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकले १३ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]