April 23rd, 2017

ज्योति विकास बैंकको हकप्रद सेयर वैशाख २८ गतेदेखि

ज्योति विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख २८ गतेदेखि सुरु हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको हकप्रद वैशाख १३ गतेसम्म कायम सेयरधनीले जेठ ३१ गतेसम्म भर्न पाउनेछन् । सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने बताइएको छ । 

ज्योतिले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब १० करोड ४३ लाख १७ हजार एक सय रुपैयाँ बराबरको एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्कशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 

हाल ज्योति विकास बैंकको चुक्तापुँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]