August 19th, 2016

जसले गरे भ्रष्टाचारीलाई कारबाही नभएसम्म साढे ८२ हजार डलर पुरस्कार नलिने घोषणा 

whistleblower-290x282नेदरल्यास्थित एउटा बैंकमा भएको भ्रष्टाचारसम्बन्धी खुलासा गर्ने भ्रष्टाचार विरोधी अभियन्ताले ८२ लाख ५० हजार डलरको अमेरिकी सेक्युरिटिज नियामक संस्थाले दिएको पुरस्कार दोषीलाई कारबाही नभएको भन्दै अस्वीकार गरेका छन् । रोयटरले शुक्रवार दिएको खबरअनुसार डच बैंकका पूर्व कर्मचारी एरिक बेन आर्टजीले हिनामिनामा दोषी डच बैंकका कर्मचारीसँग रकम असुल्ने काम नभएकाले अनियमितता औंल्याएबापत दिइएको पुरस्कार उनले अस्वीकार गरेका हुन् ।

आर्टजीका अनुसार बैंक अपराधी नभएकाले जरिबाना त्यसका अनियमितता गर्ने अधिकारीबाट असुल गरिनुपथ्र्यो । 
अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनको पैसा हिसाब गडबड गरेर डच बैंकले लिएको देखिएपछि बैंकले गत वर्ष ५ करोड ५० लाख डलर तिर्ने सहमति भएको थियो । त्यही पैसाको कमिसनबापत पुरस्कार दिन लागिएको रोयटरको खबरमा उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]