January 12th, 2018

जलविद्युत आयोजना निमार्णमा विदेशी लगानीको भर नपरौँ

सरकारले अघि सारेको सात बर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य स्वेदेशी लगानीबाटै सम्भव हुने देखिएको छ । साउथ वेष्टर्न विजनेश कलेजका विद्यार्थीहरुले विदेशी दाताहरुको भर नपरी स्वेदेशी लगानीमै कसरी जलविद्युत आयोजनाहरु निमार्ण गर्ने भन्ने योजना अघि सारेर हिमालयन हाइड्रो एक्स्पो २०१८ मा प्रथम स्थान प्राप्त गरेका हुन् । 

पहिलो स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई साउथ वेस्टन विजनेश कलेजले सम्मान गरेको छ । विहीबारविजेताहरुलाई एक कार्यक्रमका बिच कलेजका अध्यक्ष कृष्ण बहादुर कार्की,प्रिन्सिपल डा. जयहरी राज पाण्डेले प्रमाणपत्र प्रदान गरेका थिए ।  प्रतिस्पर्धामा कलेजमा बिबिए पाचौं सेमेस्टरमा अध्ययनरत सविन तामाङ, स्मृति श्रेष्ठ, प्रतिक्षा लोहनी, आशिष गुरुङ, सदिक्षा ढकाल, तेस्रो समेस्टरमा अध्ययनरत अनुशाराज भण्डारी र प्रियंका कोइरालाले प्रतिस्पर्धामा भाग लिएका थिए । 
पुस २१ गतेदेखि २३ गते सम्म राजधानीको भुकृटीमण्डपमा संचालन भएको एक्स्पोमा उनीहरुले प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धामा आफ्नो योजना प्रस्तुत गरेका थिए । उनीहरुले यस विधामा एक दर्जन बढी कलेजका प्रतिस्पर्धीहरुलाईपछि पार्दै पहिलो स्थान प्राप्त गरेका थिए ।

उनीहरुले सकारी कर्मचारी, बिद्यार्थि, रेमिट्यान्स र प्रत्येक घर परिवारको संलग्नताबाट स्वदेशी लगानीमै जलविद्युत आयोजना निमार्ण गर्न सकिने योजना सहतिको कार्यपत्र प्रतिष्पर्धामा प्रस्तुत गरेका थिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]