May 12th, 2017

जनता बैंकले नौ महिनामा कमायो ३८ करोड १८ लाख रुपैयाँ मुनाफा

जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ५८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा जनताले २२ करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चार अर्ब ६४ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडकोषमा ८४ करोड छ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ५९ दशमलव ०९ प्रतिशतले वृद्धि गरी ३५ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३३ अर्ब २४ करोड दुई लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी ४० दशमलव ०३ प्रतिशतले बढेर ७४ करोड ५२ लाख रुपैयाँ पुगेको बैंकको संचालन मुनाफा ५१ दशमलव ६५ प्रतिशतले बढेर ४५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा १४ करोड रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १२ करोड पाँच लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशतले बढेर एक दशमलव ९८ प्रतिशत पुगेको छ भने पुँजीकोष अनुपात तीन दशमलव ७१ प्रतिशतले बढेर १० दशमलव ७३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसयर आम्दानी १० दशमलव ९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १८ दशमलव १० रुपैयाँ र तरलता अनुपात २२ दशमलव १० प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]