October 25th, 2017

जनता बैंकमा लगानी गर्ने अवसर, ८५ हजार कित्ता साधारण सेयर लिलामीमा आउँदै

बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडले ८५ हजार एक कित्ता साधारण सेयर लिलामीमा राख्ने भएको छ । बैंक्ले प्रचलित कानुन विपरित गुरु प्रसाद न्यौपानेले किनेको सेयर जफत गरी लिलामीमार्फत विक्री गर्न लागेको हो । सर्वसाधारणले खरिद गर्न पाउने उक्त सेयरमा यही कात्तिक १५ गतेदेखि २१ गतेसम्म आवेदन दिन पाइनेछ । 

यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]