July 8th, 2017

छ महिनाभित्र ‘पुँजीबृद्धि नगर्ने बैंकवित्त’ कार्बाहीमा पर्ने

नेपाल राष्ट्र बैंकमा गभर्नरका रुपमा डा. चिरंजीवि नेपालको आगमन भएपछिको पहिलो मौद्रिक नीतिमा ल्याइएको पुँजी बृद्धिको नीतिलाई सशक्त कार्यान्वयन गर्नमा राष्ट्र बैंक सक्रिय हुने भएको छ । जसअनुसार पुँजी बृद्धिको काम सम्पन्न गरीसक्न ६ महिनाको समय बढाइने छ । तर उक्त अबधिसम्म पुँजी बृद्धि गर्न नसक्ने वा अटेर गर्ने बैंकवित्तमाथि कडा कार्बाही गरिने नीति अबलम्बन गरिने भएको छ । राष्ट्र बैंकले यही असार मसान्तसम्म पुँजी बृद्धि गर्न समय सिमा तोकेको थियो । सुरुमा केही बैंकहरु पुँजी बृद्धिको कडा विरोधमा उत्रिएका थिए । तथापी अन्तत सबैजसो वाणिज्य बैंकहरु पुँजीबृद्धिको बाटोमा अग्रसर भइसकेका छन् । केही ससाना विकास बैंकहरु र केही फाइनान्स कम्पनीहरु पुँजीबृद्धिमा सुस्ताएका छन् । उनीहरु आगामी पुस मसान्तसम्म मर्जरमा जान, गाभिन वा पुँजी बृद्धि गर्न बाध्य हुनेछन् । नयाँ मौद्रिक नीतिमा यो कुरा शशक्त भएर आउँदैछ । आइतबार १ बजे नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]