October 22nd, 2017

छ अर्बको विकास ऋणपत्रको विक्री सुरु, सर्वसाधारणले पनि किन्न पाउने

नेपाल राष्ट्र बैंकले आइतबारबाट ६ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री सुरु गरेको छ। सात वर्षे अवधिको उक्त ऋणपत्र २०८१ सालमा परिपक्व हुनेछ । 
विकास ऋणपत्रको ब्याज दर बोलकबोल माध्यबाट निर्धारण हुने छ। सर्वसाधारण नेपालीले समेत खरीद गर्न पाउने विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र संगठित संस्थाले पनि सहभागिता जनाउन पाउने छन्।घटिमा ५० हजार  र वढिमा निस्काशित रकम बराबरको आवेदन दिन पाइन्छ। 
 
ऋणपत्रको साँवा भुक्तानी २०८१ साल कात्तिक ६ गते हुने छ। ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा समेत सुचिकृत हुन्छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]