February 20th, 2018

छानीछानी दिनुस् आवेदन, हेर्नुस्, कुनकुन बैंकले मागे कर्मचारी

बैंकिङ खबर । बैंकिङ करिअर बनाउने सोचमा हुनुहुन्छ ? यति बेला चार वटा वाणिज्य स्तरकै बैंकले कर्मचारी मागिरहेका छन् । सिटिजन्स बैंक, प्रभु बैंक, मेगा बैंक र सेञ्चुरी बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड 
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका बाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक माग गरेको छ । त्यस्तै, मानव संशाधन डिपार्टमेन्टका लागि एक जना अफिसर मागेको छ भने कानुन तथा सेयर डिपार्टमेन्टका लागि दुई जना सुपरभाइजर र तीन जना प्रशिक्षार्थी एसिस्टेन्ट माग गरिएको छ । प्रशिक्षार्थी एसिस्टेन्टबाहेक सबै पदका लागि अनुभव मागिएको छ । आवेदन दिने म्याद २२ फेब्रुअरी अर्थात फागुन १० गतेसम्म रहेको छ ।

 

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिट्डले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले ३१ जना शाखा प्रबन्धक, ३१ जना रिलेसनसिप अफिसररअपरेसन इन्चार्ज र केही संख्यामा टेलररसिएसडी माग गरेको हो । टेलररसिएसडीका लागि अनुभव मागिएको छैन । आवेदन अनलाइनबाटै दिन सकिन्छ । आवेदन बुझाउने म्याद २६ फेब्रुअरी अर्थात फागुन १४ गतेसम्म रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://prabhubank.com/career/

मेगा बैंक नेपाल लिमिटेड
मेगा बैंक नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाबाहिरका शाखाहरुका लागि केही संख्यामा शाखा प्रबन्धक मागेको छ । त्यस्तै, बैंकले विभिन्न डिपार्टका लागि अफिसर मागेको छ भने एसिस्टेन्ट लेभलका कर्मचारी पनि मागेको छ । सबै पदका लागि बैंकले अनुभव मागेको छ । थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.megabanknepal.com/jobs/detail/10/mega-career-opportunities-14th-feb-2018 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सहायक प्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मका विभिन्न पदका लागि दुई सय १४ जना कर्मचारी मागेको छ । बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि दरखास्त आह्वान गरेको हो । आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]