January 31st, 2018

चिनले बैंक र बीमाको नियमनकारी निकायलाई गाभ्दै

बैंकिङ खबर । चीनको बैङ्किङ र बीमा क्षेत्रका नियामक निकायहरु एकआपसमा गाभिने भएका छन् । चिनियाँ सरकारले ह‘चाइना बैङ्किङ रेगुलेटरी कमिशन’ (सीबीआरसी) र ‘चाइना इन्स्योरेन्स रेगुलेटरी कमिशन’ (सीआईआरसी)लाई एकआपसमा गाभ्ने योजना बनाएको बताइएको छ । यो योजना छलफलकै क्रममा रहेकाले सरकारले आधिकारिक रुपमा केही निर्णय भने गरिसकेको छैन । 

५ मार्चदेखि नेशनल पिपुल्स कंग्रेसले नयाँ वार्षिक सत्र सुरु भएपछि यो विषयमा घोषणा गरिने बुझिएको छ । यो योजना केही परिवर्तन भएर समेत आउन सक्ने बताइएको छ । चिनियाँ सरकारले केन्द्रीय बैङ्क र सेयर बजार नियामक लगायतलाई समेत एकै ठाउँमा गाभेर ‘सुपर रेगुलेटर’ बनाइने विषयलाई विकल्पका रुपमा राखेको छ । 

स्टेट काउन्सिल अन्तर्गत सूचना विभागका एक प्रतिनिधिले हालसम्म आफूहरुलाई केही सूचना नआइसकेको बताए । सीबीआरसी र सीआईआरसीले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । 

गत वर्ष राष्ट्रपति सी चिनफिङले विभिन्न सरकारी निकायहरूबीच समन्वय सुधार गर्न नयाँ वित्तीय स्थायित्व र विकास समितिको गठन गर्ने बताएका थिए । (एजेन्सीहरुको सहयोगमा)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]